सोमबार, चैत ९, २०८२

ओमनसँग घरेलु मैदानमा दोस्रोपटक हार्‍यो नेपाल

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतको आजको खेलमा नेपाल ओमनसँग पराजित भएको छ। नेपाल ओमनसँग ८ विकेटले पराजित भएको हो।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतको आजको खेलमा नेपाल ओमनसँग पराजित भएको छ। नेपाल ओमनसँग ८ विकेटले पराजित भएको हो।

National life

२५० रनको लक्ष्य पछ्याएको ओमनले ४७ ओभर २ बलमा २ विकेट गुमाउँदै २५० रन बनायो। ओमानका लागि आकिब लियाजले शतकीय पारी खेले। १०६ बल खेलेका लियाजले १२ चौका र १ छक्काको सहयोगमा १०९ रन बनाएका थिए।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले १० ओभर बलिङ गरेर ६५ रन खर्चिए। नेपालका लागि लागि कुशल मल्ल र सुशन भारीले एक–एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनाएको थियो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेलेका थिए। नेपाल पहिलो खेलमा ओमनसँग १८ रनले पराजित भएको थियो।

प्रकाशित: Feb 09, 2020| 16:33 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।