बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम सरकारको अत्याधुनिक एम्बुलेन्समा चित्तल तस्करी

सुदूरपश्चिम सरकारको अत्याधुनिक एम्बुलेन्समा चित्तल तस्करी

सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको अत्याधुनिक भनिएको एम्बुलेन्समा चित्तल तस्करी भैरहेको भेटिएको छ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको अत्याधुनिक भनिएको एम्बुलेन्समा चित्तल तस्करी भैरहेको भेटिएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले बाँडेको एम्बुलेन्स चित्तल तस्करी गर्दै गरेको अवस्थामा दार्चुलामा प्रहरीले फेला पारेको छ।

बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउँदै आएको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ३४६ नम्बरको एम्बुलेसलाई ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको जनाएको छ।

महेन्द्रनगरबाट फर्किने क्रममा एम्बुलेन्सलाई चेकजाँच गर्दा मृत चित्तल भेटिएपछि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए।

प्रहरीले एम्बुलेन्स चालक महेश बोहोरालाई नियन्त्रणमा लिएको छ। बोहोराले कञ्चनपुरको अर्जुनी ब्यारेकबाट चित्तल मारेर ल्याएको बयान प्रहरी समक्ष दिएका छन्।

चितल र चलक सव डिभिजन वन कार्यालय चौलानीलाई बुझाईने प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 09, 2020| 15:42 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।