काठमाडौं। साताको पहिलो दिन (आइतबार) सेयर बजार परिसूचक (नेप्से) १३.७ अंकले ओरालो लागेर १३१९.९९ अंकमा अडिएको छ।
यसदिन उत्पादनमूलक समूहबाहेक अन्य समूहगत उपसूचक ओरालो लागेको छ । आइतबार बैंकिङ १२.३९, ट्रेडिङ ५.६४, होटल्स ५४.३२, विकास बैंक १९.१४ जलविद्युत ८.३४, फाइनान्स ५.५१, निर्जीवन बीमा १३१.५१, लघुवित्त २०.६९, जीवन बीमा ७५.८६, म्युचुअल फन्ड ०.०६ र अन्य ४.०५ अंकले ओरालो लागेको नेप्सेले जनाएको छ ।
यसदिन सबैभन्दा बढी नेको इन्स्योरेन्सको कारोबार भएको छ। यस कम्पनीको दिनभर ३ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै धेरै कारोबार हुने कम्पनीहरुमा ग्लोवल आइएमई बैंक, एनआइसी बैंक, नागरिक लगानी कोष, नेपाल इन्भेष्टमेन्ट बैंक लगायत छन् ।
त्यस्तै यसदिन धेरै कमाउनेमा स्वाभिमान लघुवित्त वित्तिय संस्था, कन्चन डेभलपमेन्ट बैंक, छ्याङदी हाइड्रोपावर, सिभिल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु रहेका छन् भने धेरै गुमाउनेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी दिव्यश्वरी हाइड्रोपावर, नेपाल फाइनान्स, ओरेन्टल होटलका लगानीकर्ता रहेका छन् ।
यसदिन दिनभर १७३ कम्पनीको २५ लाख ५० हजार कित्ता सेयर ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।