बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वुहानबाट नेपाली ल्याउन मानवअधिकार आयोगमा ज्ञापनपत्र

वुहानबाट नेपाली ल्याउन मानवअधिकार आयोगमा ज्ञापनपत्र

कोरोना भाइरसको महामारी फैलिएको चीनको वुहानमा रहेका नेपालीका अभिभावकले राष्ट्रिय मानव अधिकार आयोग पुगेर गुहार मागेका छन्।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं– कोरोना भाइरसको महामारी फैलिएको चीनको वुहानमा रहेका नेपालीका अभिभावकले राष्ट्रिय मानव अधिकार आयोग पुगेर गुहार मागेका छन्। उनीहरुले आज आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेर त्यहाँ रहेका नेपालीको उद्धारका लागि सरकारलाई दबाब दिन ज्ञापनपत्र बुझाए।

ज्ञापनपत्र ग्रहण गर्दै आयोगका अध्यक्ष शर्माले आफ्ना नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो कर्तव्य हुने भन्दै वुहानमा रहेका नागरिकलाई फिर्ता ल्याउन आयोगले सरकारलाई दबाब दिने आश्वासन दिए। अन्य मुलुकहरुले भने वुहानबाट आफ्ना नागरिक फिर्ता लगिसकेका छन् ।

अभिभावकले यसअघि बिहीबार स्वास्थ्य मन्त्रालय र शुक्रबार परराष्ट्र मन्त्रालय पुगेर आफ्ना आफन्तलाई उद्धार गरेर ल्याउन माग गरेका थिए।

चीनको वुहानमा १८० नेपाली रहेका छन्। त्यहाँ कोरोना भाइरसको संक्रमणका कारण आवतजावतमा समेत प्रतिबन्ध लगाइएपछि नेपालीहरु समस्यामा परेको बताइएको छ।

प्रकाशित: Feb 09, 2020| 15:30 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।