काठमाडौं– ‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ।
खेलको १८.५ ओभरमा सुशान भारीले ओमानको दोस्रो विकेट लिएका हुन्। उनले खावर अलीलाई ४१ रनमा बोल्ड आउट गरे।
त्यसअघि खेलको ११.२ ओभरमा कुशल मल्लले ओमानको पहिलो विकेट लिएका थिए। उनले जतिन्दर सिंहलाई २३ रनको व्यक्तिगत स्कोरमा आउट गरेका थिए।
ओमान २५० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ।