काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ। प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा दलहरुबीच सहमति जुट्न नसक्दा कांग्रेसले बैठकमा अवरोध जारी राखेको छ।
आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई पूर्वाग्रहपूर्ण रुपमा मुद्दा चलाइएको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो। यसै विषयलाई लिएर कांग्रेसले सडक आन्दोलन पनि सुरु गरिसकेको छ।