बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेष्ट र प्राइमलाइफ इन्स्योरेन्सको संयुक्त घुम्ती सेवा

एभरेष्ट र प्राइमलाइफ इन्स्योरेन्सको संयुक्त घुम्ती सेवा

 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं– बिमा समितिद्धारा मिति २०७६ मंसिर २४ गते जारी शाखारहित घुम्ती बिमा सेवा सम्बन्धी मार्गदर्शन २०७६ मा व्यवस्था भए बमोजिम एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले संयुुुक्त रुपमा घुम्ति बिमा सेवा ठाकुरवावा मन्दिर परिसर, ठाकुरद्धारा बर्दियाबाट सुरु गरेका छन् । ग्राहकलाई घरदैलोबाटै बिमा सेवा प्रदान गर्ने उद्देश्यले यो घुम्ती बिमा सेवा संचालन गरिएको हो ।


प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको सभापतित्वमा सञ्चालित कार्यक्रमा भट्टराईले ग्राहकको चाहना बमोजिम भविश्यको लागि वचत तथा जीवन सुरक्षका विभिन्न जीवन बिमा योजना प्रस्तुत गरिएको जानकारी दिए । घुम्ती बिमा सेवा शुभारम्भ कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बिमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बिमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरि व्यवसाय संचालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायी महानुभावहरुमा हार्दिक अनुरोध गरे ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईुले बिमालाई आम जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बिमा कम्पनी मार्फत घुम्ती बिमा सेवाको अवधारण अगाडी बढाइएको जानकारी दिए ।

प्रकाशित: Feb 09, 2020| 13:20 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्