बुधबार, असार ३१, २०८३

ज्ञानेन्द्रको अर्धशतकमा ओमानसामु २५० रनको लक्ष्य प्रस्तुत

‘विश्वकप क्रिकेट लिग–२’को त्रि त्रिकोणात्मक शृंखलाअन्तर्गत नेपालले ओमानसामु २५० रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग–२’को त्रि त्रिकोणात्मक शृंखलाअन्तर्गत नेपालले ओमानसामु २५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रनको योगफल तयार पारे।

नेपाललाई बलियो स्कोरमा पुर्‍याउन कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले। ७६ बलमा ५६ रन जोडेका उनले आफ्नो पारीमा ६ चौका र १ छक्का प्रहार गरे।

यस्तै, पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेख तथा कुशल मल्लले समान २८, सुवास खकुरेलले २२ रनको योगदान दिए। करन केसीले १० रन जोड्दा दीपेन्द्र सिंह ऐरी भने ० रनमै पेवेलियन फर्किए।

ओमानका अक्युब इल्यासले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए। यस्तै, मोहम्मद नदिमले ३ विकेट चट्काए।

नेपालका एक खेलाडी भने रनआउट भए। ओमानका अन्य पाँच बलरले विकेट लिन सकेनन्।

ओमानले केही बेरमै जवाफी ब्याटिङ गर्नेछ।

शृंखलाअन्तर्गत नेपालले खेलको एक पारीमा अहिलेसम्मकै सर्वाधिक रन जोडेको छ।

यसअघि ओमानले खेलको एक पारीमा सर्वाधिक रन बनाएको थियो। ओमानले अमेरिकाविरुद्धको २१४ रन जोडेको थियो।

प्रकाशित: Feb 09, 2020| 13:01 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।