बुधबार, असार ३१, २०८३

त्रिकोणात्मक शृंखलामा पहिलो पटक नेपालको दुई सय रन पूरा

‘विश्वकप क्रिकेट लिग–२’अन्तर्गत जारी त्रिकोणात्मक शृंखलामा नेपालले ओमानविरुद्ध दुई सय रन पूरा गरेको छ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग–२’अन्तर्गत जारी त्रिकोणात्मक शृंखलामा नेपालले ओमानविरुद्ध दुई सय रन पूरा गरेको छ।

टस हारेर ब्याटिङ गरिरहेको नेपालले ४२.३ ओभरमा ६ विकेट गुमाएर दुई सयको आँकडा पार गरेको हो।

जारी शृंखलामा नेपालले पहिलो पटक यो उपलब्धि हासिल गरेको हो।

त्यसअघि गत बुधबार शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले ओमानविरुद्ध १७९ रन बनाएको थियो। यस्तै, गत शनिबार भएको शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध १९० रन जोडेको थियो।

जारी खेलकाे ४२.३ ओभरमा नेपालका विनोद भण्डारी १७ रनमा खेलिरहँदा करन केसी ० रनमा खेलिरहेका छन्।  

नेपालका सुवास खकुरेल २२, पारस खड्का ३८, दीपेन्द्रसिंह ऐरी ०, कप्तान ज्ञानेन्द्र मल्ल ५६ र कुशल मल्ल तथा आरिफ शेख २८-२८ रनमा आउट भएका थिए।

प्रकाशित: Feb 09, 2020| 12:33 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।