बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सात महिनामा चोरीका २६१ मोटरसाइकल भेटियो, ट्राफिकले बुझायो धनीलाई चाबी

सात महिनामा चोरीका २६१ मोटरसाइकल भेटियो, ट्राफिकले बुझायो धनीलाई चाबी

उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २ सय ६१ वटा मोटरसाइकल फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं- उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २ सय ६१ वटा मोटरसाइकल फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।

ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको करिव सात महिनाको अवधिमा ती मोटरसाईकल फेला पारेर धनिलाई बुझाएको हो।

पछिल्लो पटक आइतबार मात्र २५ वटा चोरीका मोटरसाइकल सम्बन्धित धनिलाई हस्तान्त्रण गरेको महाशाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद पौडेलले जानकारी दिए।

यस अवधिमा मोटरसाइकल चोरीमा संलग्न ३० जनाविरुद्ध चोरीको मुद्दा चलाउन पठाएको पौडेलले जानकारी दिए।

पौडेलका अनुसार महाशाखाले चोरीका मोटरसाईकलहरु खोज्न विशेष टोली नै गठन गरेको छ। नितमित चेकजाचका क्रममा, वर्कशपमा हुलिया बदल्न दिएको अवस्थामा ती मोटरसाइकल फेला परेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

चोरीको मोटरसाइकल फेला परेकोमा खुसी व्यक्त गर्दै कुलेश्वरका शिशिर घिमिरेले ट्राफिक प्रहरीलाई धन्यबाद दिए। उनको पल्सर २२० मोटरसाइकल माघ १० गते इसान हस्पिटल बसुन्धाराबाट चोरी भएको थियो।

यस्तै महाशाखाले पत्रकार सम्मेलन गरि पछिल्लो सात महिनाको प्रगति तथा आगामी कार्ययोजना प्रस्तुत गरेको छ।

प्रकाशित: Feb 09, 2020| 11:52 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।