बुधबार, असार ३१, २०८३

नेपाललाई चौथो झट्का, कप्तान ज्ञानेन्द्र ५६ रनमा आउट

‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालको चौथो विकेट झरेको छ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालको चौथो विकेट झरेको छ।

नेपालले चौथो विकेटका रूपमा खेलको २८.१ ओभरमा १२८ रन जाेडेकाे अवस्थामा कप्तान ज्ञानेन्द्र मल्ललाई ५६ रनमा गुमाएकाे हाे।

मल्ल आउट भएपछि अघिल्लो खेलमा कीर्तिमान कायम गरेका कुशल मल्ल ब्याटिङ गर्न आएका छन्। आरिफ शेख ९ रनमा खेलिरहेका छन्। 

यसअघि सुभाव खकुरेल २२, पारस खड्का ३८ र दीपेन्द्र सिंह ऐरी शून्य रनमै आउट भएका थिए।

नेपालले शृंखलाको आफ्नो तेस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।

यसअघि शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो।

प्रकाशित: Feb 09, 2020| 11:41 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।