बुधबार, असार ३१, २०८३

नेपालको तेस्रो विकेट झर्याे, दीपेन्द्र शून्य रनमै आउट

‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालको तेस्रो विकेट झरेको छ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालको तेस्रो विकेट झरेको छ।

नेपालले तेस्रो विकेटका रूपमा खेलको २३.३ ओभरमा दीपेन्द्रसिंह ऐरीलाई शून्य रनमै गुमाएको हो। उनलाई मोहम्मद नदिमले बिलाल खानद्वारा क्याच आउट गराए।

दीपेन्द्रपछि ब्याटिङका लागि आरिफ शेख मैदानमा आएका छन्।

यसअघि नेपालले पहिलो विकेटका रूपमा १४.१ ओभरमा सुवास खकुरेललाई २२ रनमा गुमाएकाे थियाे। यस्तै, दोस्रो विकेटका रूपमा २३.१ ओभरमा पारस खड्कालाई ३८ रनमा गुमाएको थियाे। उनीहरुलाई मोहम्मद नदिमले आउट गरे।

खेलको २३.३ ओभरमा नेपालले ३ विकेट गुमाएर १०७ रन जोडेको छ। कप्तान ज्ञानेन्द्र मल्ल ४५ रनमा खेलिरहेका छन्।

प्रकाशित: Feb 09, 2020| 11:16 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।