बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् खुलाउने प्रयासमा सभामुख, कांग्रेससँग छलफल गर्दै

संसद् खुलाउने प्रयासमा सभामुख, कांग्रेससँग छलफल गर्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गर्दै आएको प्रतिनिधिसभाको बैठक खुलाउन सभामुख अग्नि सापकोटाले प्रयास गरिरहेका छन्। अहिले १२ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको छ। प्रतिनिधिसभा बैठक भने दिउँसो एक बजेका लागि बोलाइएको छ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गर्दै आएको प्रतिनिधिसभाको बैठक खुलाउन सभामुख अग्नि सापकोटाले प्रयास गरिरहेका छन्।

अहिले १२ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको छ। प्रतिनिधिसभा बैठक भने दिउँसो एक बजेका लागि बोलाइएको छ।

नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालका अनुसार अहिलेसम्म संसद खुलाउने विषयमा सहमति भइसकेको छैन। संसद चल्न दिने वा नदिने भन्नेबारे पार्टीबाट पनि कुनै निर्णय नभएको उनले जनाइन्।

परामर्श समितिको बैठकमा सहमति जुट्न नसके आजको बैठक पनि कांग्रेसले अवरुद्ध गर्नेछ। हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ।

प्रकाशित: Feb 09, 2020| 11:06 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।