बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईमाथि कारबाही गर्न नेकपाकै नेताको माग

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईमाथि कारबाही गर्न नेकपाकै नेताको माग

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई अख्तियारले जोगाएको भन्नै नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले आपत्ति जनाएका छन्।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६


काठमाडौं– ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई अख्तियारले जोगाएको भन्नै नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले आपत्ति जनाएका छन्।

उनले फेसबुक पेजमार्फत असन्तुष्ट जनाउँदै ललिता निवासको जग्गामा अनियमितता गर्ने सबैमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।

‘कार्यकारी अधिकार प्रधानमन्त्रीमा रहेको शासन प्रणालीमा सही वा गलत जुनसुकै कार्यको जिम्मेवारी स्वयं प्रधानमन्त्रीमा हुने कुरा स्पष्ट छ’, साहले लेखेका छन्, ‘तर ललिता निवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हास्यास्पद छ।’

अख्तियारको उक्त दकम न्यायपूर्ण नभएको दाबी गर्दै साहले भनेका छन्, ‘प्रस्तावक मात्र दोषी र निर्णयकर्ता निर्दोष, यो कहाँको न्याय हो ?’

कानुन कमजोरीलाई हटाउन माग गर्दै अध्यक्ष साहले लेखेका छन्, ‘हिजोको सामन्ती व्यवस्थामा राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद हो।’

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई मुछिए पनि उनीहरूमाथि अख्तियारले मुद्दा चलाएको छैन। जग्गा फिर्ता गर्ने भएपछि नेकपामा महासचिव विष्णु पौडेलमाथि पनि मुद्दा दर्ता भएको छैन।

पौडेलको जग्गा शुक्रबार सरकारको नाममा फिर्ता भएको छ। अख्तियारले उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित १७५ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

प्रकाशित: Feb 09, 2020| 10:46 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।