बुधबार, असार ३१, २०८३

ओमानविरुद्ध नेपालको सुस्त सुरुवात

‘विश्वकप क्रिकेट लिग–२’ अन्तर्गत जारी त्रिकोणात्मक शृंखलामा नेपालले ओमानविरुद्ध सुस्त सुरुवात गरेको छ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग–२’ अन्तर्गत जारी त्रिकोणात्मक शृंखलामा नेपालले ओमानविरुद्ध सुस्त सुरुवात गरेको छ।

टस हारेर ब्याटिङ गरिरहेको नेपालले ११ ओभरको खेल सकिँदा विकेट नगुमाएर २६ रन जोडेको छ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल १३ र सुभाष खकुरेल १७ रनमा खेलिरहेका छन्। ३५ बल सामना गरेका मल्लले आफ्नो पारीमा दुई चौका प्रहार गरेका छन् भने ३६ बल खेलेका खकुरेलले एक चौका हिर्काएका छन्।

ओमानका बिलाल खान तथा कलिमुल्लाहले ५–५ र मोहम्मद नदिमले १ ओभर बलिङ गरेका छन्।

प्रकाशित: Feb 09, 2020| 10:24 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।