बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णेलसहित २५ जनाको हत्या गर्ने सैनिक जवानलाई गोली हानेर मारियो

कर्णेलसहित २५ जनाको हत्या गर्ने सैनिक जवानलाई गोली हानेर मारियो

आफ्नै कमाण्डर (कर्णेल)सहित २५ जनको गोली हानेर हत्या गर्ने सैनिक जवानलाई पनि गोली हानेर मारिएको छ ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

एजेन्सी- आफ्नै कमाण्डर (कर्णेल)सहित २५ जनको गोली हानेर हत्या गर्ने सैनिक जवानलाई पनि गोली हानेर मारिएको छ ।

थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रस्थित नाखोन शहरमा अन्धाधुन्ध चलाएर २५ जनाको ज्यान लिने सैनिक जवालाई आइतबार बिहान गोली हानेर मारिएको हो ।

आक्रमणकारी ती सैनिकलाई एउटा सपिङ सेन्टरमा लुकिरहेको अवस्थामा सुरक्षाकर्मीले घेरा हालेर गोली हानी हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कर्नेललाई गोली हानेर निस्किएका सैनिकले जथाभावी गोली चलाउँदा २५ को मृत्यु

सन्काहा सैनिकले नाखोन सहरको सपिङ सेन्टर र बुद्धिष्ट मन्दिरमा जथाभावि गोली चलाएका थिए। गोली लागेर अहिलेसम्म २५ जनको मृत्यु भइसकेको छ भने दर्जनौ घाइते भएका छन् ।

उनी आफू कार्यरत ब्यारेकबाट आफ्ना कमान्डिङ अफिसर (कर्णेल)लाई गोली हानेर हतियारसहित ब्यारेकबाहिर निस्किएका थिए ।

त्यसलगत्तै उनले सपिङ सेन्टरमा जथाभावी गोली प्रहार गरेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको थाइ प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेका थाई प्रधानमन्त्री प्युट चानले दोषीमाथि कडा सजाय हुने बताएका थिए । त्यसलगतै ती सैनिक जवानलाई गोली हानेर मारिएको हो ।

प्रकाशित: Feb 09, 2020| 10:05 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।