बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको अवरोधबीच सभामुख सापकोटाले बोलाए संसद बैठक

कांग्रेसको अवरोधबीच सभामुख सापकोटाले बोलाए संसद बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार अवरुद्ध पार्दै आएको प्रतिनिधिसभा बैठक आज (आइतबार) बोलाइएको छ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार अवरुद्ध पार्दै आएको प्रतिनिधिसभा बैठक आज (आइतबार) बोलाइएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले डाकेको बैठक आज पनि अवरुद्ध गर्ने कांग्रेसको तयारी छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाइएको र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतालाई जोगाइएको भन्दै बिहीबारयता संसद् बैठक अवरोध गरिरहेको छ। कांग्रेसले त्यसयता दुई पटक बैठक अवरोध गरिसकेको छ।

बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ।

आजको बैठकमा विभिन्न विधेयक पेश गर्ने कार्यसूची तोकिएको संघीय संसद सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘कारागार विधेयक, २०७६’ पेश गर्ने कार्यसूची छ। यस्तै, प्रधानमन्त्रीका तर्फबाट ‘संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्था विधेयक’ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले राष्ट्रिय सभामा ‘नेपाल इन्जिनियरिङ परिषद्, पहिलो संशोधन’ विधेयक छलफलका लागि पेश गर्ने कार्यसूची छ।

 

प्रकाशित: Feb 09, 2020| 08:59 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।