सोमबार, चैत ९, २०८२

नेपाल र ओमन भिड्दै, अघिल्लो हारको बदला लेला नेपालले ?

घरेलु टोली नेपालले विश्वकप क्रिकेट लिग २ को त्रिपक्षीय शृंखला अन्तर्गत आज ओमनसँग प्रतिस्पर्धा गर्दै छ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं- घरेलु टोली नेपालले विश्वकप क्रिकेट लिग २ को त्रिपक्षीय शृंखला अन्तर्गत आज ओमनसँग प्रतिस्पर्धा गर्दै छ। किर्तिपुरस्थित टियुको क्रिकेटमैदानमा हुने खेलमा नेपालले ओमनसँग भिड्न लागेको हो।

National life

घरेलु मैदानमै भएको अघिल्लो खेलमा नेपालले ओमनसँग १८ रनको पराजय भोगेको थियो। लिग २ को डेब्यु खेलमै पराजय भोगे पनि हिजो (शनिबार)को खेलमा भने अमेरिकालाई ३५ रनले हराउँदै जितको सुरुवात गर्यो।

आज ९ः३० मा सुरु हुने खेलमा नेपाल र ओमान दुवै टोली जितको खोजिमा मैदान उत्रने छन्। नेपाल लिगको तेस्रो खेल खेल्दै दोस्रो जित निकाल्न चाहान्छ भने ओमन पनि नेपाल भिजिटका क्रममा कुनै खेलमा हार्न चाहाँदैन्।

कप्तान जिसन मक्सोदका अनुसार विगत ६ महिनादेखि क्रिकेटको ट्रेनिङ गरिरहेको टोली ओमन नेपालको समाना गर्न तयार छ। पहिलो खेलबाट नेपालविरुद्ध सुखद नजिता निकालेको ओमनले नेपाल राम्रो टोली भए पनि आफ्नो तयारी पनि अब्बल भएकाले जितको लागि दवाब झेल्नु नपर्ने बताउँछ।

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल हिजोको जितले टिमलाई खुसी दिएको बताउँछन। भन्छन, ‘यो जितले खुसी छौं। आजको खेलमा पनि जित निकाल्ने रणनीतिमै मैदान प्रवेश गर्ने छौं।’

Laxmi sunrise bank
kumari

नेपालका लागि राम्रो प्रदर्शन गरिरहेका करण केसी र कुसल मल्ल पनि आफू कन्फिडेन्ट भएर खेलिरहेको बताउँछन। हिजोको खेलमा जस्तै मानासिकता राखेर खेलेमा आजको खेलमा जित निकाल्न सहज हुने कप्तान मल्लको ठहर छ।

आजको खेलमा ओमनले जित निकाल्न सके ऊ तालिकाको शीर्ष स्थानमा जाने छ। उसको ८ खेलमा ६ जित र २ हारका साथ १२ अंक छ। नेट रनरेटका आधारमा समान १२ अंक भएको अमेरिका तालिकाको शीर्ष स्थानमा छ।

यता नेपालको भने दुई खेलमा एक जित र एक हारका साथ २ अंक छ। नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।

प्रकाशित: Feb 09, 2020| 07:47 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।