बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारका कर्मचारीले जनताको करबाट तलब खाएर नेकपाको काम गरे : देउवा

अख्तियारका कर्मचारीले जनताको करबाट तलब खाएर नेकपाको काम गरे : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि पूर्वाग्रही ढंगले भ्रष्टाचारको मुद्दा चलाइएको आरोप लगाएका छन्।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि पूर्वाग्रही ढंगले भ्रष्टाचारको मुद्दा चलाइएको आरोप लगाएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा किनबेच प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा चलाएपछि पहिलोपटक देउवाले सार्वजनिक रुपमा बोलेका हुन् ।

शेरबहादुर तामाङ स्मृति प्रतिष्ठान रामेछापले शनिबार रामेछाप सदरमुकाम मन्थलीमा आयोजना गरेको शव वाहन तथा एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा देउवाले भने, ‘अरु सबै उम्कने तर एक जनामाथि मात्रै भ्रष्टाचारको मुद्दा चलाउनु सरकारको गलत नियत हो।’

जनताले तिरेको करबाट तलब खाएर कुनै एक पार्टीको मात्रै काम नगर्न अख्तियारका कर्मचारीलाई देउवाले चेतावनीसमेत दिए । उनले पार्टीका सांसद गच्छदारमाथि षड्यन्त्रपूर्ण र अन्यायपूर्ण तरवले चलाइएको मुद्दा तत्काल फिर्ता लिन सरकारसँग माग गरे।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र सरकारी जग्गाको लालपुर्जा बोक्ने नेकपा महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर कांग्रेस नेता गच्छदारमाथि मात्रै मुद्दा लगाइनु कांग्रेसका लागि मान्य नहुने बताए । उनले पनि सरकारको नियत नै खराब रहेको दाबी गरे।

प्रकाशित: Feb 08, 2020| 19:56 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।