बुधबार, भदौ ३, २०८३

चट्याङ लागेर दाङमा ३ जनाको मृत्यु

चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–७ नवलपुर र घोराही नगरपालिका–११ हापुरमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

दाङ- चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–७ नवलपुर र घोराही नगरपालिका–११ हापुरमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनसार नवलपुरमा गीता चौधरीको घरमा चट्याङ पर्दा उनकी ७ वर्षीया छोरी सृष्टि चौधरी र स्थानीय ५४ वर्षीया लक्ष्मी आचार्यको मृत्यु भएको छ।

दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईका अनुसार चट्याङ लागेर घाइते भएका दुवै जनाको उपचारका क्रममा राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा मृत्यु भएको हो।

यसैगरी घोराही उपमहानगरपालिका–११ हापुरका सूर्य बहादुर पुरीको ८ वर्षीय छोरा ताराबहादुर पुरीको चट्याङ लागेर मृत्यु भएको छ।

घरको आगनमा खेलिरहेको अवस्थामा चट्याङले घाइते भएका पुरीको उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटना शनिबार दिउँसो भएको हो।

प्रकाशित: Feb 08, 2020| 19:06 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।