शनिबार, असार १३, २०८३

भारतका आदर्शलाई पुरुष एकल टेबुलटेनिस प्रतियोगिताको उपाधि

तेस्रो संस्करणको ‘सम्झना कप खुला’ अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि भारतका आदर्श ओम क्षेत्रीले जितेका छन्।
 |  शनिबार, माघ २५, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, माघ २५, २०७६

काठमाडौं– तेस्रो संस्करणको ‘सम्झना कप खुला’ अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि भारतका आदर्श ओम क्षेत्रीले जितेका छन्।

National life

शनिबार सम्पन्न फाइनलमा उनले नेपालका स्यान्टु श्रेष्ठलाई पराजित गरे।

यस्तै, महिला एकलतर्फ भारतकै ममता प्र्रभुले जितेकी छन् । उनले फाइनलमा नेपालकी नबिता श्रेष्ठलाई पराजित गरिन्।

ललितपुर टेबुल टेनिस क्लबको आयोजना र स्पिन इभेन्ट्स प्रालिको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो।

लैनचौरस्थित राष्ट्रिय टेबुल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा नेपालसहित भारत, दक्षिण कोरिया र पाकिस्तानका खेलाडीको सहभागिता थियो।

Shivam cement

प्रतियोगितामा तीन विभागिय खेलाडीसहित अखिल नेपाल टेबुल टेनिस संघमा आवद्ध जिल्ला तथा स्कुल र कलेजबाट ५ सय २४ खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष भेट्रान्स एकल (४० माथि), पुरुष भेट्रान्स एकल (५५ माथि), पुरुष एकल (कलेजं), महिला एकल (कलेज), छात्र एकल (१६ वर्षमुनि), छात्रा एकल (१६ वर्षमुनि), छात्र एकल (१४ वर्षमुनि), छात्र एकल (१२ वर्षमुनि) छात्र एकल (१० वर्षमुनि)लगायत १४ विधामा प्रतिस्पर्धा भएकाे हाे। 

प्रकाशित: Feb 08, 2020| 18:47 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।