बुधबार, असार ३१, २०८३

जावालखेलद्वारा फ्रेण्ड्स क्लब पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथले फ्रेन्ड्स क्लबलाई १–० गोलले पराजित गरेको छ।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथले फ्रेन्ड्स क्लबलाई १–० गोलले पराजित गरेको छ।

फ्रेन्ड्सविरुद्धको जितसँगै जावलाखेलले लिगमा पाँचौ जित दर्ता गरेको छ।

एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको फ्रेण्ड्स क्लबलाई पराजित गर्दै जावलाखेल पाँचौं स्थानमा उक्लिएको हो।

पहिलो हाफ गोलरहित बनेको खेलको ५८औं मिनेटमा फोडे फोफोनाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए।

त्यसको चार मिनेटपछि फ्रेण्ड्सका साउलो डि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।

खेलको आधा घण्टा १० खेलाडीमा झरेको फ्रेण्ड्सले जावाखेलविरुद्ध गोल गर्न सकेन र पराजित हुन पुग्यो।

जितसँगै जावलाखेल एघार खेलबाट १८ अंक बनाउँदै पाँचौं स्थानमा उक्लिएको छ।

पराजयसँगै फ्रेण्ड्स १२ औं स्थानमा यथावत छ। उसले एघार खेलबाट १४ अंक बनाएको छ।

प्रकाशित: Feb 08, 2020| 18:06 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।