बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘संघीयता हामीले सोचेजस्तो भएन, पुनर्विचार गर्न सकिन्छ’

‘संघीयता हामीले सोचेजस्तो भएन, पुनर्विचार गर्न सकिन्छ’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रणाली आफूहरुले सोचेको जस्तो नभएको बताएका छन्।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रणाली आफूहरुले सोचेको जस्तो नभएको बताएका छन्।

उनले जुन हिसाबले सोचेर संघीयताको कुरा गरिएको थियो, त्यसअनुरुप नभएको भन्दै यसमा पुनर्विचार गर्न सकिने धारणा राखे।

नुवाकोटको पञ्चकन्या गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संघीयताबारे भोलिका दिनहरुमा बहस गर्न सकिने बताए।

उनले भने, ‘संबिधानले परिमार्जन र संशोधन गर्न सकिन्छ भनेको छ, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताबाहेक अरु सबै कुरा संशोधन हुन सक्छ हामीले भनेकै छौँ, त्यसमा छलफल हुन सक्छ।’

अहिले भएका संरचनामा देशभर असन्तुष्टि रहेको उल्लेख गर्दै प्रचण्डले भोलि हेरफेर हुनसक्ने सम्भावना रहेको बताउँदै धैर्य गरेर बस्न आग्रहसमेत गरे।

उनले ५ नम्बर प्रदेशका बाँके र बर्दिया जिल्ला कर्णाली प्रदेशमा गाभिन उत्सुक रहेको बताए। उनले भने, ‘५ नम्बर प्रदेशमा म अस्ति जाँदा बाँके र बर्दिया राजधानी र केन्द्रको बारेमा कुरा मिलेन भने हामी बस्दैनौँ भन्ने विचार सुनेँ।’

उनले २ नम्बर प्रदेशमा हेर्दा सजिलो देखिए पनि त्यति सजिलो नभएको, बारा, पर्सा र रौतहट बरु ३ नम्बरमै सजिलो हुन्छ भन्ने मतमा रहेकाले संघीयता र संरचनाबारे छलफल गर्न सकिने दोहोर्याए।

अहिलेका लागि राष्ट्रिय राजनीतिमा स्थायित्व बनाइराख्न र संघीय लोकतान्त्रिक गणतन्त्रको संबिधान कार्यान्वयनको सहज बातावरण बनाउन आफूहरुले प्रदेशको राजधानी हेटौडा र नाम वागमती राख्न सुझाएकाले स्थानीय जनप्रतिनीधिलाई दोष नदिन आग्रहसमेत गरे।

प्रचण्डले आफूहरुले कुनै पनि प्रदेशका लागि हस्तक्षेप नगरेको दाबी गर्दै सूदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश कुनैकाे पनि नाम र राजधानी ताेक्न आफूहरुको हस्तक्षेप नरहेको बताए।

उनले वागमती प्रदेशमा सुझाव मागेकाले मात्र सुझाव दिएको दाबी गरे।

प्रकाशित: Feb 08, 2020| 17:34 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।