बुधबार, भदौ ३, २०८३

जेठाजुले गरे बुहारीको हत्या

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउपालिका–२ मा एक व्यक्तिले भाइबुहारीको हत्या गरेका छन्।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा याङ्वरक गाउपालिका–२ मा एक व्यक्तिले भाइबुहारीको हत्या गरेका छन्।

४३ वर्षीय जेठाजु पूर्णकुमार लिम्बुले खुकुरी प्रहार गरी ३५ वर्षीया सुकमाया लिम्बुको हत्या गरेका हुन्।

घाँटी र टाउकोमा खुकुरी प्रहार भएपछि गम्भीर घाइते भएकी सुकमायाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र फुयालले बताए।

खुकुरी प्रहार गर्ने पूर्णकुमार पक्राउ परिसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

मृतकका श्रीमान विरेन्द्र काममा गएको समयमा शुक्रबार दिउँसो ५ बजे घटना भएको हो।

प्रकाशित: Feb 08, 2020| 17:10 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।