बुधबार, असार ३१, २०८३

करनले एकै ओभरमा लिए दुई विकेट

‘विश्वकप क्रिकेट लिग २’को त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका करन केसीले एकै ओभरमा दुई विकेट लिएका छन्।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग २’को त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका करन केसीले एकै ओभरमा दुई विकेट लिएका छन्।

उनले तेस्रो ओभरको चौथो तथा अन्तिम बलमा विकेट लिएका हुन्।

उनले खेलको २.४ ओभरमा शून्य रनमै स्टिभन टेलर आउट गरे भने २.६ ओभरमा २ रनमा जेभिर मार्सललाई आउट गरे।

जारी खेलमा सन्दीपले पनि दुई विकेट लिइसकेका छन्।

सन्दीपले दोस्रो ओभरको चौथो बलमा अमेरिकाको पहिलो विकेट लिएका थिए। उनले पहिलो विकेटका रूपमा आरोन जोन्सलाई ५ रनमा एलबीडब्लु आउट गरे।

यस्तै, उनले खेलको चौथो ओभरको चौथो बलमा मोनांक पटेललाई पनि ४ रनमा एलबीडब्लुको सिकार बनाए।

जारी खेलको ७ ओभरको खेल सकिँदा अमेरिकाले ४ विकेट गुमाएर २३ रन जोडेको छ।

इयान हल्यान्ड ५ र अक्षय होमराज ४ रनमा खेलिरहेका छन्।

जारी शृंखलाको तेस्रो खेलमा अमेरिकाले १९१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले अलआउट हुँदै १९० रन जोडेको थियो।

प्रकाशित: Feb 08, 2020| 14:40 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।