बुधबार, असार ३१, २०८३

हिमालयन शेर्पासँग च्यासल पराजित

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा शनिबार भएको खेलमा हिमालयन शेर्पाले च्यासलमाथि ३–२ को जित निकाल्यो।

हिमालयन शेर्पाले खेलको २८ औं मिनेटमा विजय श्रेष्ठको गोलमार्फत अग्रता लियो। त्यसको पाँच मिनेटमै त्रिदेव गुरुङले गोल गरेपछि हिमालयन शेर्पाले २–० को अग्रता बनायो।

खेलको ३७ औं मिनेटमा च्यासलका हयातो वाकिनोले गोल गरेपछि पहिलो हापसम्म खेल २–१को स्थितिमा पुग्यो।

दोस्रो हापको सुरुवातमै खेलको ५० औं मिनेटमा विजयले व्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन शेर्पाले ३–१ को अग्रता बनायो। खेलको ८९ औं मिनेटमा हयातोले पुनः गोल गरे पनि टिमलाई जिताउन सकेनन्।

जितसँगै १० अंक जोडेको हिमालयन शेर्पा अंकतालिकामा एक स्थान सुधार गर्दै एघारौं स्थानमा पुगेको छ। हिमालयन शेर्पाले २ खेलमा जित, ४ मा बराबरी खेल्दा ५ मा हार व्यहोरेको छ।

च्यासल भने १२ अंकसहित दसौं स्थानमा यथावत छ। उसले ३ खेलमा जित, ३ मा बराबरी खेल्दा ५ मा हार व्यहोरेको छ।

प्रकाशित: Feb 08, 2020| 13:58 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।