बुधबार, असार ३१, २०८३

नेपालद्वारा अमेरिकासामु १९१ रनको लक्ष्य प्रस्तुत

कुशल मल्ल र विनोद भण्डारीको अर्धशतकसँगै नेपालले अमेरिकासामु १९१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं– कुशल मल्ल र विनोद भण्डारीको अर्धशतककाे मद्दतमा नेपालले अमेरिकासामु १९१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

‘विश्वकप क्रिकेट लिग २’को त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत कीर्तिपुर क्रिकेट मैदानमा जारी आफ्नो दोस्रो खेलमा नेपाल अलआउट हुँदै गुमाएर १९० रन जोडेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ५९ रन लिए। ६९ बल सामना गरेका उनले आफ्नो पारीमा ६ चौका र १ छक्का प्रहार गरे। कुशल मल्लले ५० रनको योगदान दिए। ५१ बलको सामना गरेका उनले आफ्नो पारीमा ४ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २१, पारस खड्काले १९, करन केसीले १२ र र सुशान भारीले ११ रन बनाए।

अविनाश बोहरा ५ रनमा अविजित रहे।

अमेरिकाका क्यामरोन स्टेभेन्सनले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभरमा २ मेडन फाल्दै २९ रन खर्चिए। यस्तै, सौरभ नेत्राभाल्करले र रुस्टी थेरोनले २–२ तथा करिमा गोरे, इयान हल्यान्ड र इल्मोरे हुट्चिन्सन समान १ विकेट लिए।

अमेरिकाले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

यसअघि नेपाल शृंखलाको आफ्नो पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो।

प्रकाशित: Feb 08, 2020| 13:34 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।