बुधबार, असार ३१, २०८३

एकदिवसीयमा विनोदले बनाए आफ्नो पहिलो अर्धशतक

नेपालका विनोद भण्डारीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गरेका छन्।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं– नेपालका विनोद भण्डारीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गरेका छन्।

‘विश्वकप क्रिकेट लिग २’को त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत जारी अमेरिकाविरुद्धको खेलमा उनले अर्धशतक प्रहार गरेका हुन्।

उनले ६२ बलमा ५० पूरा गरे। उनले आफ्नो पारी ५ चौका र १ छक्का प्रहार गरेका छन्।

उनीसँगै सुशान भारी ७ रनमा खेलिरहेका छन्।

जारी खेलको ४४.१ ओभर सकिँदा नेपालले ८ विकेट गुमाएर १७१ रन जोडेको छ।

यसअघि जारी खेलमा कुशल मल्लले पनि अर्धशतक प्रहार गरेका थिए।

जारी खेलमा नेपाल टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।

प्रकाशित: Feb 08, 2020| 13:11 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।