बुधबार, असार ३१, २०८३

एकदिवसीयमा अर्धशतक हान्ने कान्छा खेलाडी बने कुशल

नेपालका कुशल मल्लले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी अर्धशतक प्रहार गरेका छन्।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं– नेपालका कुशल मल्ल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन्। 

‘विश्वकप क्रिकेट लिग–२’अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्धको खेलमा उनले यो उपलब्धी हासिल गरेका हुन्। उनले १५ वर्ष ३४० दिनमा याे उपलब्धि हासिल गरेका हुन्। 

उनले ४९ बलमा अर्धशतक पूरा गरे। उनले आफ्नो पारीमा ४ चौका र ३ छक्का प्रहार गरेका छन्।

यसअघि यो कीर्तिमान नेपालकै रोहित मल्लको नाममा थियो। उनले १६ वर्षको उमेरमा यो कीर्तिमान बनाएका थिए। 

यससँगै उनी एकदिवसीयमा डेब्यु खेलमै अर्धशतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन्।

गत बुधबार काठमाडौंको कीर्तिपुर क्रिकेट मैदानमा सुरु भएको त्रिकोणात्मक शृंखलामा नेपाल, अमेरिका र ओमान सहभागी छन्।

शृंखलाअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो।

प्रकाशित: Feb 08, 2020| 12:16 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।