बुधबार, भदौ ३, २०८३

चितवनकाे फर्निचर उद्योगमा आगलागी

जिल्लाको भरतपुर महानगरपालिकास्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

चितवन– जिल्लाको भरतपुर महानगरपालिकास्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ।

महानगरपालिकाको वडा नम्बर ५ नारायणपुरस्थित रोयल फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब साढे ४ बजे सुरु भएको आगलागी अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणका लागि स्थानीय, प्रहरी, सेना, सशस्त्र प्रहरीसँगै भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, दियालो बङ्गला आँपटारी र कावासोतीको गरी पाँच वटा दमकल प्रयोग भइरहेको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणमा आउन नसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Feb 08, 2020| 11:47 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।