बुधबार, असार ३१, २०८३

अमेरिकाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

आईसीसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेलमा नेपाल आज (शनिबार) अमेरिकासँग भिड्दै छ। अमेरिकाविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेलमा नेपाल आज (शनिबार) अमेरिकासँग भिड्दै छ। अमेरिकाविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।

आजको खेलमा शरदको स्थानमा सुवास खकुरेल आएका छन् भने रोहितको स्थानमा कुशल मल्लले मौका पाएका छन्। शरद घाइते भएपछि सुवासले मौका पाएका हुन्। यस्तै कुशलले डेब्यू म्याच खेल्ने भएका छन्। कुशल नेपालबाट एकदिवसीय खेल्ने २२ औं खेलाडी बनेका छन्। उनी उत्कृष्ट बलिङका साथै ब्याटिङसमेत गर्न सक्छन्।

नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएपछि दबाबमा रहेको छ।

यस्तो छ अमेरिकाविरुद्ध नेपालको प्लेइङ ११-

ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनाश बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने

प्रकाशित: Feb 08, 2020| 09:16 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।