बुधबार, भदौ ३, २०८३

मैले ९ करोड कहाँबाट ल्याऊँ : गच्छदार

कांग्रेस उपसभापति विजय गच्छदारले आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै अख्तियारले माग दाबी गरेको धराैटी तिर्न सक्ने अवस्थामा नरहेको बताएका छन्।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं – कांग्रेस उपसभापति विजय गच्छदारले आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै अख्तियारले माग दाबी गरेको धराैटी तिर्न सक्ने अवस्थामा नरहेको बताएका छन्।

उनले शुक्रबार पार्टी संसदीय दलको बैठकमा भने, ‘९ करोड रुपैयाँ कहाँबाट ल्याउनु मैले ? मसँग पैसा छैन ?

३० वर्षसम्म सांसद बन्दा कुनै दोष नलाग्नु तर अहिले आएर राजनीति सिध्याउन सुनियोजित रूपमा मुद्दा दायर भएको उनको भनाइ थियो।

गच्छदारले आफूविरुद्धको मुद्दा पार्टीमाथिको आक्रमण भएको बताए।

‘यो पार्टीको विषय हो। पार्टीको विषय भए पनि ममाथि आक्रमण भएकाले मलाई बढी पीडा हुनु स्वाभाविक हो’, संसदीय दलका उपनेतासमेत रहेका उनले भने, ‘मैले भ्रष्टाचार गरेको छैन। ललिता निवास प्रकरणमा भौतिक मन्त्रालय सरोकारवाला मन्त्रालय पनि होइन। यो राजनीतिक पूर्वाग्रहबाट भएको निर्णय हो।’

उनले ललिता निवास प्रकरणलाई आफूले चर्काे रूपमा उठाएपछि सरकारले प्रतिशोध साँध्न अख्तियारलाई प्रभावित पारेको जिकिर गरे। ‘ललिता निवासबाट कुनै लाभ लिएको भए म जस्तोसुकै सजाय भोग्न तयार छु। यो ममाथिको प्रहार हो,’ गच्छदारले भने।

बैठकमा बोल्ने सांसदहरूले अख्तियारको भूमिका निष्पक्ष नभएको भन्दै आपत्ति जनाएका थिए। ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

 

प्रकाशित: Feb 07, 2020| 23:31 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।