बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कपिलवस्तुका मत्स्य विकास अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कपिलवस्तुका मत्स्य विकास अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कपिलवस्तुका मत्स्य विकास अधिकृत सुरेन्द्र प्रसाद भुजसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं- भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कपिलवस्तुका मत्स्य विकास अधिकृत सुरेन्द्र प्रसाद भुजसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शिवराज नगरपालिका–११ नव प्रगतिशील बहुउद्देश्यीय कृषक समूहका नाममा दुर्गा प्रसाद खनालले बाख्रापालन कार्यक्रमको लागि बिनियोजित बजेट कुनै काम नै नगरी भुक्तानी दिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो।

कृषक समूहका अध्यक्ष दुर्गा प्रसाद खनाल र सचिव उमेश चौधरी, पशु चिकित्सक डा. रुप नारायण श्रेष्ठ, पशु विकास अधिकृत डा. सोहन गुप्ता र सुरेन्द्र प्रसाद भुज तथा ईन्जिनियर बिवेक कुमार गुप्ताले मिलेमतोमा ६ लाख रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ।

उनीहरुले हुदै नभएको कामको स्थलगत निरीक्षण तथा नापजाँच गरेको भनी कार्य सम्पन्न मूल्याङ्कनको झुटो फाराम लगायतका कागजातहरु बनाएर उक्त रकम हिनामिना गरेका अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

हरि ओम ईन्जिनियरिङ कन्सल्टेन्सीका ईन्जिनियर बिवेक कुमार गुप्ताले कार्य सम्पन्न मूल्याङ्कन फाराम, खर्चको तेरिज र भुक्तानी दिने बिललगायतका कागजातहरु नक्कली तयार गरी अध्यक्ष खनालसँग १० हजार लिएको अख्तियारले जनाएको छ।

ईन्जिनियर गुप्तालाई १० हजार र बाँकी पाँच जनालाई ६ लाखका दरले बिगो माग दाबी गरिएको छ।

यस्तै अभद्र व्यवहार मुद्दा पेशीमा राखी छिटो टुङ्गाईदिने भन्दै सेवाग्राहीबाट घुस लिएको ४ हजार सहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय सप्तरीका मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी (करार) केशव कुमार यादवविरुद्ध पनि मुद्दा दायर भएको छ।

प्रकाशित: Feb 07, 2020| 19:58 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।