बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीका स्थानीयलाई बुद्ध कलासँग जोड्न सकिएनः मुख्यमन्त्री पोखरेल

लुम्बिनीका स्थानीयलाई बुद्ध कलासँग जोड्न सकिएनः मुख्यमन्त्री पोखरेल

विश्व कला बजारमा बुद्धिजम कला सबैभन्दा महत्वपूर्ण भए पनि लुम्बिनीका स्थानीय जनतालाई बुद्ध कलासँग जोड्न नसकेकोप्रति मुख्यमन्त्री शंकर पोखरेलले चिन्ता व्यक्त गरेका छन् ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

भैरहवा । 

शुक्रबारदेखि लुम्बिनीमा शुरु भएको अन्तर्राष्टिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सवको लुम्बिनीमा उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले भने, ‘यहाँका स्थानीय जनताको जीवनस्तर उकास्न हामीले बुद्धिजमको कला, साहित्य र सस्कृतिसँग जोड्न सक्नुपर्छ ।’

मुख्यमन्त्री पोखरेलले बुद्धिजमलाई दुनियाँमा फरक फरक तरिकाले बुझ्ने गरिएको बताउँदै जीवन पद्धतिसँग जोडेर दर्शनको रुपमा अंगिकार गरेमा फलदायी हुने बताए । उनले भने, ‘बुद्धिजमलाई हामीले दर्शनको रुपमा चर्चा गर्याैं । दुनियाँको ठूलो पंक्तिले संस्कृतिको रुपमा ग्रहण गरेको छ ।

केहीले धर्मको रुपमा त केहीले जीवन पद्धतिको रुपमा लिइरहेका छन् । हामीले बुद्धिजमलाई स्थानीयसँग जोडेर लग्यौं भनेमात्रै त्यसले जिवन्तता पाउँछ ।’
मुख्यमन्त्री पोखरेलले लुम्बिनी क्षेत्र र प्राचीन कपिलवस्तु गण राज्य तथा कोलिय गणराज्यको पहिचान र उत्खनन् जरुरी रहेको समेत बताए । सो अवसरमा पूर्वमन्त्री दीपकुमार उपाध्ययले बुद्ध दर्शन सबैको महत्वपूर्ण दर्शन भएको बताउँदै भने, ‘हामी हिरा खानीका मान्छे हातमा कमण्डलु लिएर हिँडिरहेका छौं ।’
महोत्सवमा पूर्व मन्त्री मोदनाथ प्रश्रित, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व राजदूत खगनाथ अधिकारी, टंक कार्की, विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धर, पत्रकार डा. कुन्दन अर्याल, पुरातत्वविद् कोषप्रसाद आचार्य, वसन्त विडारी, प्राज्ञ गोपिरमण उपाध्याय सहितका १६ जनाले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका डीन प्रा. डा. वेदप्रसाद गिरीले जानकारी दिए । कार्यपत्र प्रस्तुत २५ र २६ गते हुनेछ भने महोत्सव समापन २६ गते साँझ हुनेछ ।

प्रकाशित: Feb 07, 2020| 17:19 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।