बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विनोद चौधरी भन्छन्, ‘सञ्चारमन्त्रीलाई कर बारे ज्ञान नहुनु दुःखद’

विनोद चौधरी भन्छन्, ‘सञ्चारमन्त्रीलाई कर बारे ज्ञान नहुनु दुःखद’

चौधरी ग्रुपका अध्यक्ष एवम् अर्वपति विनोद चौधरीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिजी कम्युनिकेशनबारे दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन्।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं- चौधरी ग्रुपका अध्यक्ष एवम् अर्वपति विनोद चौधरीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिजी कम्युनिकेशनबारे दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन्।

प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले सञ्चारमन्त्री बाँस्कोटालाई राज्यले निर्धारण गरेको नवीकरण शुल्कका विषयमा ज्ञान नहुनु दुःखद भएकोसमेत बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा शुक्रबार चौधरीले सिजी कम्युनिकेशनका तर्फबाट आफू सार्वजनिक छलफलका लागि उत्सुक रहेको समेत बताएका छन्।

मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने कार्यक्रममा यसअघि सिजी कम्युनिकेशनले २० अर्ब रुपैयाँ तिर्न बाँकी रहेको र तिरेपछि मात्रै लाइसेन्स पाउने अभिव्यक्ति दिएका थिए।

सरकारले यसअघि सोही आरोपमा चौधरी ग्रुपको सिजी कम्युनिकेशनको लाइसेन्स खारेज गरेको थियो।

शुक्रबार ट्वीरमार्फत् प्रष्ट पार्दै चौधरीले २० अर्ब रकम १० वर्षमा फरक फरक किस्तानमा चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्क रहेको बताएका छन्।

साथै यो कुरा सञ्चारमन्त्रीलाई थाहा नहुनु दुःखद भएको भन्दै उनले आफू सबै भ्रम चिर्न तयार रहेकोसमेत स्पष्ट पारेका छन्।

 

प्रकाशित: Feb 07, 2020| 16:58 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्