शनिबार, चैत १६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सार्क सचिवालयमा रुद्राक्ष रोप्दै ओलीले भने– यसले एशियाली सरकारहरुलाई शान्ति प्रदान गर्नेछ

सार्क सचिवालयमा रुद्राक्ष रोप्दै ओलीले भने– यसले एशियाली सरकारहरुलाई शान्ति प्रदान गर्नेछ

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित दक्षिण एशियाली सहयोग संगठन (सार्क)को सचिवालयमा रुद्राक्षको विरुवा रोपेका छन्।प्रधानमन्त्री भएपछि पहिलो पटक सार्क सचिवालयको भ्रमण गर्दै ओलीले विरुवा लगाएका हुन्।
 |  शुक्रबार, माघ २४, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

vianetvianet

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित दक्षिण एशियाली सहयोग संगठन (सार्क)को सचिवालयमा रुद्राक्षको विरुवा रोपेका छन्।
प्रधानमन्त्री भएपछि पहिलो पटक सार्क सचिवालयको भ्रमण गर्दै ओलीले विरुवा लगाएका हुन्।

triton college

रुद्राक्ष रोप्दै ओलीले भने,‘मैले यहाँ सचिवालयमा रोपेको रुद्राक्षको बिरुवा दक्षिण एशियाका सरकारहरुलाई शान्ति, विकास, समृद्धि र दक्षिण एशियाका जनताको भलाइ प्रदान गर्नेछ। यसले सार्कलाई सुदृढ पार्न मदत गर्नेछ।’

सार्कले मित्र राष्ट्रहरुसँगै समग्र एशियाको हितमा काम गर्ने ओलीले बताएका छन्। उनले आफूले सार्कको अध्यक्षता हस्तान्त्रणका लागि तयार रहेको पनि बताए । केही दिनभित्रै सार्क सम्मेलन हुने ओलीले दाबी गरे।

शुक्रबार ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत सार्क सचिवालय पुगेका थिए।

प्रकाशित: Feb 07, 2020| 16:57 शुक्रबार, माघ २४, २०७६
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।