काठमाडौं - एनएमबी बैंकले विभिन्न संघसँग साझेदारी स्थापना गर्ने गरि समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
बैंकले नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ र नेपाल उद्यमशील महिला महासंघसँग सदस्यहरुको क्षमता अभिवृद्धि, वित्तिय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियतसहितका विविध क्षेत्रका गतिविधिहरुमा साझेदारी स्थापना गर्ने गरी समझदारी गरेको छ।
समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी हाते कागज उद्यमी संघका तर्फबाट अध्यक्ष नरेन्द्र बहादुर साउद , अल्लो उद्यमी संघका तर्फबाट अध्यक्ष बुद्धि बुर्जा मगर र महिला संघका तर्फबाट अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका थिए।
समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष पवन कुमार गोल्याणले नेपाल सरकारको समृद्ध नेपाल बनाउने बृहत लक्ष्यलाई साकार पार्न समझदारी कोशेढुङ्गा सावित हुने बताए।