बुधबार, भदौ ३, २०८३

जब खानेपानीको धाराबाट मदिरा आउन थाल्यो

केरलस्थित त्रिुसर जिल्लामा रहेको सोलोमोन एभेन्यु अर्पाटमेन्टमा बस्ने व्यक्तिले एउटा आश्चर्यजनक घटनाको सामना गर्नुपरेको छ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

भारत- केरलस्थित त्रिुसर जिल्लामा रहेको सोलोमोन एभेन्यु अर्पाटमेन्टमा बस्ने व्यक्तिले एउटा आश्चर्यजनक घटनाको सामना गर्नुपरेको छ।

उनीहरुको धाराबाट एकाएक मदिरा आउन थालेपछि अपार्टमेन्टमा बस्ने सबै परिवार आश्चर्यमा परेका हुन्।

त्यहाँका बासिन्दाले खानेपानीको धारा खोल्दा केही फरक रंगको पानी आइरहेको थियो। जसबाट निकै तिक्ष्ण गन्ध पनि।

उनीहरुलाई लाग्यो कसैले खानेपानीको ट्यांकीमा मदिरा मिसाइदियो।

त्यसपछि उनीहरुले छानबिनका लागि नगर निगमको कार्यालयमा निवेदन दिए।

स्थानीयहरुको निवेदनपछि निगमले छानबिन सुरु गर्यो। अर्पाटमेन्टका लागि तयार गरिएको ट्यांकीमासमेत बाहिरैबाट मदिरा आएको पत्ता लाग्यो।

त्यसपछि छानबिनको दायरालाई अझै फराकिलो पारियो।

निगले पत्ता लगाएर छाड्यो कि धारामा मदिरा आउनुको कारण कसैले ट्यांकीमा मदिरा मिसाएर होइन रहेछ।

त्यहाँको आबकारी विभागका अधिकारीहरुले स्थानीय रुपमा उत्पादन गरेको ६ हजार लिटर मदिरा एउटा खोल्सामा पोखेका थिए।

ती अधिकारीहरुलाई थाहा थिएन कि अपार्टमेन्टमा जाने पानीको मुहान त्यही खोल्सा हो।

६ हजार लिटर मदिरा बगेर अर्पाटमेन्टमा जाने पानीको मुख्य स्रोतमा मिसियो र घरघरसम्म पुग्यो।

पानीको रंग देखेर डर लाग्यो

जोसे मलियक्कल भन्छन्, ‘मलाई पाइपमा केही गडबडी छ कि भन्ने लागेको थियो, मैले पानीको ट्यांकी भर्न मैले जब पम्प चलाएँ, तब पानीको रंग देखेर डर लाग्यो। पानीबाट आइरहेको गन्धबाट मलाई लाग्यो यो पक्कै मदिरा हो।’

उक्त अपार्टमेन्टमा १८ परिवार बस्दै आएका छन्। ती सबै परिवारले यसै प्रकारको अवस्था सामना गर्नुपरेको थियो।

यो घटनापछि नगर निगमले पानीको मुख्य स्रोतमा रहेको ट्यांकलाई ८ पटक सफा गरिसकेको छ, तर गन्ध मरिसकेको छैन।

पानी पिउन लायक नहुने बेलासम्म सफा गरिरहने निगमले जनाएको छ।

केरल राज्यमा त्यहाँको स्थानीय अर्थात् देशी मदिरा धेरै खपत हुने गरेको छ।

प्रकाशित: Feb 07, 2020| 16:10 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।