बुधबार, असार ३१, २०८३

थ्री स्टारको संघर्षपूर्ण जित

थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिगमा संघर्षपूर्ण जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्री स्टारले साविकको उपविजेता संकटा क्लबमाथि १–० को जित निकालेको हो।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं - थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिगमा संघर्षपूर्ण जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्री स्टारले साविकको उपविजेता संकटा क्लबमाथि १–० को जित निकालेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको ६१ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाए। संकटाका डिफेन्डरसँग ठोक्किएर आएको बललाई उनले गोलमा परिणत गरे।

जितसँगै थ्री स्टार क्लबले अंक तालिकामा सुधार गरेको छ। ११ खेल खेलेको थ्री स्टारले ६ जित र २ बराबरीका साथ २० अंक बनाएको छ। थ्री स्टार अंक तालिकाको तेस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको २६ अंक छ भने मछिन्द्र क्लब २५ अंकका साथ दोस्रो स्थानमा छ। साविकको उपविजेतासमेत रहेको संकटा क्लब १५ अंकसहित पाचौं स्थानमा छ।

प्रकाशित: Feb 07, 2020| 15:45 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।