बुधबार, भदौ ३, २०८३

बढ्यो सुनको मूल्य

दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं - दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ ।

महासंघले छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ३ सय तोकेको छ। बुधबार र बिहीबार छापावाला सुन प्रतितोला ७५ हजार २ सय र तेजाबी सुन प्रतितोला ७४ हजार ९ सयमा खरिद बिक्री भएको थियो। यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी प्रतितोला १० ले बढेर ८८५ पुगेको छ।

प्रकाशित: Feb 07, 2020| 13:56 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्