बुधबार, असार ३१, २०८३

कुइनाको चोटका कारण आर्चरले दुई टेस्ट गुमाउने

इंग्ल्यान्ड क्रिकेट टिमका तीव्र गतिका बलर जोफ्रा आर्चरले आगामी महिना हुने श्रीलंका भ्रमणका खेल गुमाउने भएका छन्।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

लन्डन– इंग्ल्यान्ड क्रिकेट टिमका तीव्र गतिका बलर जोफ्रा आर्चरले आगामी महिना हुने श्रीलंका भ्रमणका खेल गुमाउने भएका छन्।

दायाँ हातको कुइनाको चोटका कारण उनी सो टेस्ट खेल्ने टोलीमा परेका छैनन्।

गत डिसेम्बरमा दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा उनलाई कुइनामा चोट लागेको थियो।

चोटकै कारण २४ वर्षीय आर्चरले दक्षिण अफ्रिकासँगका बाँकी तीन खेल गुमाएका थिए।

इंग्ल्यान्डले दक्षिण अफ्रिकासँगको शृंखला ३–१ ले आफ्नो पक्षमा पारेको थियो।

आर्चरले श्रीलंकासँगको टेस्ट शृंखला मात्र होइन, आगामी सिजनको इन्डियन प्रिमियर लिगमा पनि सहभागी हुन पाउने छैनन्।

उनी जुनमा हुने वेस्ट इन्डिजसँगको तीन खेल र इंग्लिस समरका लागि फिट हुने गरी मेडिकल तयारीमा लागेका छन्।

प्रकाशित: Feb 07, 2020| 12:10 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।