बिहीबार, वैशाख ३१, २०८३

शुभकामना सिनेमा हल आधुनिक सुविधासहित पुनः सञ्चालनमा

काभ्रेको गोदामचोकस्थित शुभकामना सिनेमा हल आधुनिक सुविधासहित आजबाट पुनः सञ्चालन भएको छ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं– काभ्रेको गोदामचोकस्थित शुभकामना सिनेमा हल आधुनिक सुविधासहित आजबाट पुनः सञ्चालन भएको छ।

National life

आधुनिक सुविधायुक्त बनाउन करिब ४५ दिन बन्द रहेको उक्त सिनेमा हल आजबाट पुनः सञ्चालनमा आएको हो।

सिनेमा हलमा अत्याधुनिक डल्बी डिजिटल साउन्ड, एसी, आरामदायी सिटको सुविधा रहेको सञ्चालक दुर्गालाल प्रधानले जानकारी दिए।

२०४ सिट क्षमताको सिनेमा हलमा प्रत्येक सोको टिकट दर १५० रूपैयाँ तोकिएको छ।

सिनेमा हल पुनः सञ्चालन भएको अवसरमा टिकटमा छुट दिइएको सञ्चालक प्रधानले बताए। उनका अनुसार बुधबार तथा बिहीबार र बिहानी सोको टिकट १०० रूपैयाँ तोकिएको छ।

सिनेमा हल पुनः सञ्चालन भएसँगै यसको नामसमेत परिवर्तन गरिएको छ। यसअघि उक्त सिनेमा हलको नाम ‘शुभकामना हाइभिजन हल’ थियो।

प्रकाशित: Feb 07, 2020| 11:53 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्