बुधबार, भदौ ३, २०८३

बागलुङमा कुखुरा मासु प्रतिकिलो ४४० रुपैयाँ

बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको मासु व्यवसायी सङ्घ बागलुङले जनाएको छ ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

बागलुङ। बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको मासु व्यवसायी सङ्घ बागलुङले जनाएको छ ।

जिल्लामा उत्पादन भएका ब्रोइलर कुखुराले बजारको माग धान्न नसकेपछि मूल्यवृद्धि गर्नुपरेको सङ्घका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । माघ महिनाको अहिलेसम्म तीनपटक मूल्यवृद्धि भएको छ । महिनाको शुरुमा रु ३८० र रु ४०० प्रतिकेजी हुँदै अहिलेका मूल्य रु ४४० पुगेको छ ।

कुखुरा फार्ममा कुखुराको उत्पादनमा कमी आएका कारण खरीद मूल्य बढेपछि मूल्य बढाउन बाध्य भएको व्यवसायीले बताएका छन् । “कुखुराका माग धान्नै मुस्किल छ, अन्यत्रबाट आयत गर्न ढुवानी खर्च बढी लाग्छ,” उनले भने, “कतिपय फ्रेसहाउसहरु मासुको अभावमा बन्द हुन थालेका छन् ।” अहिलेसम्म ४०० नाघ्न सकेको थिएन । कुखुरा कम उत्पादन भएपछि हालसम्मकै उच्च मूल्यवृद्धि भएको हो ।

कुखुरा उत्पादकको घरमै पुग्दासमेत जिउदो कुखुरालाई रु ३०० मा खरीद गर्नुपरेको मासु व्यवसायी कृष्ण जिसीले बताए । जिउँदो कुखुरालाई रु ३०० मा खरीद गरेर गोदामभाडा, पसलभाडा तिरेर रु ४४० मा बिक्री गर्दा मेहनतसमेत नउठ्ने नभएको उनले जानकारी दिए । त्यस्तै खसीबोकाको मासुको समेत प्रतिकेजीमा रु ५० वृद्धि भएको छ । रु ९०० प्रतिकेजी खसीबोकाको मूल्य माघ १९ गते देखि ९५० पुगेको हो ।

अन्य मासुको मूल्य यथावत रहे पनि कुखुराको मासुको मूल्य अझै वृद्धि हुने सम्भावना रहेको मासु व्यवसायी सङ्घले जनाएको छ ।
रासस

प्रकाशित: Feb 07, 2020| 10:53 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।