बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यातायात व्यवस्था कार्यालय विराटनगरमा प्रभु बैंकको शाखा

यातायात व्यवस्था कार्यालय विराटनगरमा प्रभु बैंकको शाखा

 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं– प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको बिराटनगर महानगरपालिकास्थित वडा नं ०४ यातायात व्यवस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । विराटनगरस्थित यातायात व्यवस्था कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको २०७६ माघ २२ गते विराटनगरका यातायात व्यवस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले एक समारोहका बीच उद्घाटन गरे ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित यातायात व्यवस्थापन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र यातायात व्यवस्थापन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित: Feb 07, 2020| 10:50 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्