बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • साओमीको भ्यालेन्टाइन अफर, रेडमी के २० प्रोमा ३ हजार छुट

साओमीको भ्यालेन्टाइन अफर, रेडमी के २० प्रोमा ३ हजार छुट

 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं । साओमीले प्रणय दिवसका अवसरमा नेपालमा आकर्षक योजना ल्याएको छ । साओमीले फ्लागसिप किलर स्मार्टफोन रेडमी के २० प्रो मा ३ हजारको छुटको घोषणा गरेको हो ।

कम्पनीका अनुसार यो फोन अब ४६ हजार ९ सय ९९ रुपैयाँमा खरिद गर्न सकिन्छ । शीर्ष विशेषता र पप–अप क्यामेरा भएको यो स्मार्टफोन प्रेमीका लागि आदर्श उपहार हुने कम्पनीको दाबी छ ।

उपहारका लागि स्मार्टफोन रोजाइमा पर्ने क्रम बढिरहेका कारण प्रेमको मौसममा यो निकै उत्तम विकल्प हुने कम्पनीको दाबी छ । फोनमा ८ जीबी र्‍याम र २ सय ५६ जीबी रोममा उपलब्ध छ ।

प्रकाशित: Feb 07, 2020| 10:17 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्