बुधबार, भदौ ३, २०८३

एनआईसी एसियाको नयाँ वेबसाइट

 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं । एनआईसी एसिया बैंकले विविध सुविधायुक्त विशेषताका साथ बैंककोे नयाँ वेबसाइट सार्वजनिक गरेको छ ।

आकर्षक शैलीको आवरण भएको नयाँ वेबसाइटमा बैंकको सेवा सुविधाकोे विवरण हेर्न चाहनेका लागि अन्तर्क्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै बैंकले नेपाली भाषामा समेत उपलब्ध गराएको हो ।
ग्राहकले नेपाली भाषामा बैंकका सूचना वेबसाइटबाट प्राप्त गर्न सक्नेछन् । गुगल म्यापलाई समेत संलग्न गरिएकाले उक्त वेबसाइटबाट सजिलै बैंकको शाखा, एक्स्टेन्सन काउन्टर, एटीएम रहेको स्थान पत्ता लगाउन सकिनेछ ।

साथै बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने पसल तथा व्यवसायीको स्थानको पहिचानसमेत गर्न सकिन्छ । वेबसाइटलाई मोबाइलबाट पनि चलाउन मिल्ने गरी डिजाइन गरिएकोले बैंकले जनाएको छ ।

साथै, वेबसाइटबाटै खाता खोल्न मिल्ने सुविधाका साथ बैंकसम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा ‘साथी’ च्याटबट वेबसाइटमै उपलब्ध छ । वेबसाइटमा प्रयोगकर्ताको रुचिअनुसार बैंकले उपलब्ध गराउने विभिन्न सुविधा तथा जानकारी प्रयोगकर्ताको वेब–ब्राउजरमा स्वचालित सूचनामार्फत् पठाउन सकिने प्रविधिको समेत प्रयोग गरिएको छ ।

प्रकाशित: Feb 07, 2020| 10:16 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्