बुधबार, भदौ ३, २०८३

सेञ्चुरी बैंकले ६.७५ प्रतिशत लाभांश बाँड्ने

 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं । सेञ्चुरी कमर्सियलले चुक्तापुँजीको २ प्रतिशत बोनस सेयर तथा ४ दशमलब ७५ प्रतिशत नगद लाभांश बाँड्ने भएको छ ।

बैंकको सञ्चालक समितिको ३ सय ३ औं बैठकले असार मसान्तमा कायम ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ चुक्तापुँजीको २ प्रतिशतले हुन आउने रकम १६ करोड ८३ लाख ९ हजार ४ सय २३ रुपैयाँ ७० पैसा बोनस सेयर वितरण गर्ने र ४ दशमलब ७५ प्रतिशतले हुन आउने रकम ३९ करोड ९७ लाख ३४ हजार ८ सय ९९ रुपैयाँ ८७ पैसा नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैठकले गत आवको वित्तीय विवरण, नाफा नोक्सानको विवरण र अन्य विवरण तथा अनुसूची प्रकाशन गर्न तथा प्रस्तावित लाभांश स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय समेत पारित गरिएको छ ।

प्रकाशित: Feb 07, 2020| 10:14 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्