शनिबार, कात्तिक २९, २०८२

बाघी–३ को ट्रेलर सार्वजनिक, चोरीको आरोपमा बने ट्रोल

बलिवुडको प्रतिक्षित फिल्म बाघी–३ को ट्रेलर बिहीबार सार्वजनिक भएको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

एजेन्सी- बलिवुडको प्रतिक्षित फिल्म बाघी–३ को ट्रेलर बिहीबार सार्वजनिक भएको छ।

National life

एक्सन प्रधान चलचित्र बाघी–३ को ट्रेलर सार्वजनिक भएसँगै यसको ट्रोल बन्न सुरु भएको छ।

ट्रोलर्सहरुका अनुसार ट्रेलरमा देखिएका थुप्रै सिनहरु कपि गरिएका छन्। ट्रोलर्सहरुले हलिवुड फिल्म वन्डन वुमन र सलमान खानको ‘टाइगर जिन्दा है’ दृष्यहरु चोरी गरेको आरोप लगाएका छन्।

एक ट्रोलर्सले बाघी ३ को ट्रेलरमा धेरै सिनहरु चोरी भएको देखेपछि फिल्मको नाम नै ‘वन्डर श्राफ, वन्डर बागी’ राखिदिएका छन्।

अहमद खान निर्देशित बागी–३ मा टाइगर श्राफ र श्रद्धा कपुरको मुख्य भूमिका रहेको छ।

Laxmi sunrise bank
kumari

फिल्ममा रितेश देशमुख, अंकिता लोखन्डे, आशुतोष राणा, सतीश कौशिक, चंकी पाण्डे, नोरा फतेही, अनु कपुर लगायतको भूमिका छ।

फिल्ममा मार्च ६ मा रिलिज हुँदैछ।

 

प्रकाशित: Feb 06, 2020| 15:53 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्