बुधबार, भदौ ३, २०८३

१०५ वर्षीया हजुरआमाले पास गरिन् कक्षा ४, राज्यको साक्षरता मिसन पूरा

भारतको केरला राज्यमा १ सय ५ वर्षीया वृद्धाले उत्कृष्ट नम्बरसहित कक्षा ४ उत्र्तिण गरेकी छन्।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

एजेन्सी- भारतको केरल राज्यमा १ सय ५ वर्षीया वृद्धाले उत्कृष्ट नम्बरसहित कक्षा ४ उत्तीर्ण गरेकी छन्। राज्यको साक्षरता अभियानअन्तर्गत कोल्लम जिल्लाको पराकुलमकी वृद्धा भागीरथी अम्माले ७४.५ प्रतिशत अंकसहित चार कक्षा उत्तीर्ण गरेकी हुन्।

उनले चार कक्षा उत्तीर्ण गरेसँगै केरल राज्य पूर्णरुपमा साक्षर भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भागीरथीले गत नोभेम्बरमा चार कक्षाको परीक्षा दिएकी थिइन्।

भागीरथीले २७५ पूर्णांकको परीक्षामा २०५ नम्बर प्राप्त गरेकी छन्। चार विषय रहेको परीक्षामा उनले गणितमा ७५ मा ७५ अंक प्राप्त गरेकी छन्।

मललायम, नमलमल नममकु चटुम (वातावरण) अंग्रेजी र गणित विषयमा परीक्षा भएको थियो। उनले अंग्रेजीमा ५० पूर्णांकमा ३० अंक प्राप्त गरेकी छन्।

त्यस्तै मलयालम र नमलमल नममकु चटुममा ५०–५० अंक प्राप्त गरेकी छन्। त्यहाँको साक्षरता मिसनकी निर्देशक पीएस श्रीकललाले भागीरथीलाई घरमै पुगेर प्रमाणपत्र दिँदै बधाई दिएकी छन्।

श्रीकलाले भागीरथीले १० कक्षासम्म पनि उत्र्तिण गर्न सकुन् भन्ने शुभकामना व्यक्त गरेको बताएकी छन्। भागीरथीका ६ जना छोराछोरी र १६ नाति–नातिना छन्।

भागीरथीले आफू ९ वर्षको हुँदा आमाको निधन भएपछि कक्षा ३ बाट पढाई छाडेकी थिइन्। भागीरथीका श्रीमानको मृत्यु ७० वर्ष पहिले भएको थियो।

उनले आफ्नो पढ्ने इच्छा रहेको कुरा पटकपटक बताउँदै आएकी थिइन्। गत वर्ष पनि त्यो इच्छा व्यक्त गरेपछि उनलाई पढ्ने वातावरण मिलाइएको थियो।

प्रकाशित: Feb 06, 2020| 15:16 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।