बिहीबार, वैशाख ३१, २०८३

रहेनन् हलिउडका दिग्गज किर्क डगलस

हलिउडका दिग्गज कलाकार किर्क डगलसको १०३ वर्षको उमेरमा निधन भएको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं- हलिउडका दिग्गज कलाकार किर्क डगलसको १०३ वर्षको उमेरमा निधन भएको छ। 

National life

डगलसको बुधबार निधन भएको हो। उनका छोरा माइकल डगलसले बाबुको मृत्यु भएको जानकारी दिएका हुन्। ‘विश्वकै लागि उहाँ एक दिग्गज कलाकार हुनुहुन्थ्यो।

चलचित्रको सुनौलो युगका एक अभिनेता जसले आफ्नो सुनौलो वर्षमा राम्रो जीवन बिताउनुभयो। एक मानवतवादी व्यक्तित्व जसले न्यायप्रति सधैं विश्वास गर्नुभयो’, माइकलले भनेका छन्।

उनी हलिउडमा अभिनय, निर्माता, निर्देशक र लेखकका रूपमा परिचित थिए।

उनले ‘स्पार्टाकस’, ‘लस्ट फर लाइफ’ लगायत दर्जनौं अन्य फिल्महरूमा अभिनय गरेका छन् ।

प्रकाशित: Feb 06, 2020| 14:29 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्